FAQs Complain Problems

सामाजिक सुरक्षा

लुम्बिनी साँस्कृतिक नगरपालिका संग भगिनी सम्बन्ध कायम भएको स्पेनको काथेरेस (Caceres City) नगरपालिकाले नगरपालिका कार्यालयमा आयोजना गरेको लुम्बिनी सास्कृतिक नगरपालिका Caceres City र Lumbini Garden Foundation Spain & Nepal  र अन्य सहकार्य पालिका विचको सम्बन्ध,  सहकार्य ,  समन्वय र अनुभव एवम् सहयोग आदानप्रदान सम्बन्धी समन्वय बैठक Caceres City को नगरपालिका कार्यालयमा सम्पन्न भएको छ ।
बैठकमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्धिन मुसलमानले स्पेनको Caceres City का नवनिर्वाचित नगर प्रमुख Mr. Rafael Antonio Mateos लाई बधाई
 एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
साथै विश्व शान्तीका अग्रदुत गौतम बुद्धको  जन्मस्थल लुम्बिनी साँस्कृतिक नगरपालिकाको भ्रमणका लागी निमन्त्रणा पत्र पनि प्रदान गर्नुभएको थियो ।
काथेरेस (Caceres City) नगरपालिकाले नगरपालिका कार्यालयमा आयोजना गरेको पर्यटन प्रवर्द्धन र विकासका लागी लुम्बिनी सास्कृतिक नगरपालिका,  Lumbini Garden Foundation र Caceres  बिच सहकार्य सम्बन्धि अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।
▪︎ लुम्बिनी र नेपालको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार एवं Caceres र लुम्बिनी एवम् नेपालको पर्यटन प्रवर्द्धन र विकासका लागी अन्तर्राष्ट्रिय सहयोग र अनुभवको आदान प्रदान गर्ने उद्धेश्यका साथै सहकार्य संस्था लुम्बिनी गार्डेन फाउन्डेसन द्धारा Caceres City काथेरेसमा निर्माण गरिने लुम्बिनी बुद्ध पार्क प्रोजेक्ट निर्माण सम्बन्धमा  छलफल, अन्तर्कृया सम्पन्न भएको थियो ।
कार्यक्रममा दुबै नगरका नगर प्रमुखज्युहरु
लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्धिन मुसलमान,  
Caceres City का नवनिर्वाचित नगर प्रमुख Mr. Rafael Antonio Mateos र सहकार्य सस्था लुम्बिनी गार्डेन फाउण्डेसन स्पेनका अध्यक्ष Mr. Jose Manuel Vilanova Aleman, प्रमुख संरक्षक श्री निरज गोविन्द श्रेष्ठले समन्वय र सहकार्यमा Caceres को लुम्बिनी बुद्ध गार्डेन प्रोजेक्टलाई सफल पार्ने  प्रतिवद्धता जनाउनु भएको थियो भने अन्य सहभागीहरुले पनि आफ्ना भनाई राख्नुभएको थियो ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्धिन मुसलमानज्युको मन्तव्यको सार:
(१) हामीलाई काथेरेस भ्रमणका लागि निमन्त्रणा गर्नु भएकोमा काथेरेस नगरपालिका,  यहाँका अहिलेका मेयर साब, निवर्तमान मेयर साब लगायत समग्र टीमलाई हार्दिक धन्यवाद दिन्छु।
(२) बिश्व सम्पदा सुचीमा रहेको यो ऐतिहाँसिक र सुन्दर शहरको मेयरमा निर्वाचित हुनु भएकोमा तपाईं र तपाईंको टीमलाई हार्दिक बधाई
 साथै कार्यकाल सफलताको शुभकामना दिन चाहन्छु।
(३) लुम्बिनी र काथेरेस बिच भगिनी सम्बन्ध स्थापना भएको र काथेरेसमा लुम्बिनी गार्डेनले लुम्बिनी बुद्ध पार्क बनाउन लागेको सुन्न पाउँदा म साह्रै खुशी छु।
यस्ले लुम्बिनी र काथेरेसको पर्यटन प्रबर्द्धन गर्न र  अनुभबको आदान प्रदान गर्नका लागि ठुलो महत्व राख्ने बिश्वास लिएको छु।
(४) तपाईं र मेरो कार्यकालमा दुई शहरको सम्बन्ध अझै मजबुत बन्न सकोस्।
(५) लुम्बिनी भ्रमणका लागि निमन्त्रणा दिंदै छिटै तपाईंलाई लुम्बिनीमा स्वागत गर्न पाउने आसा लिएको छु।
कार्यक्रममा सहभागीहरु:
1) Caceres City का नवनिर्वाचित नगर प्रमुख Mr. Rafael Antonio Mateos Cáceres कार्य पालिकाका पदाधिकारी एवं कर्मचारीहरु
2) Lumbini Garden Foundation Spain & Nepal
1) Mr. Jose Manual  Vilanova  President
2) प्रमुख संरक्षक श्री निरज गोविन्द श्रेष्ठ
3) महासचिव श्री एकराज गिरी
4) सदस्य Pillar Acosta
5) सदस्य Mr. Ricardo Guerrero र अन्य पदाधिकारीहरु
लुम्बिनी नेपालबाट कार्यक्रम सहभागी पदाधिकारी एवं कर्मचारीहरु:
१) नगर प्रमुख श्री सजरुद्दिन मुसलमान।
२) लुम्बिनी साँस्कृतिक नगरपालिकाका तत्कालिन हाल बसुपु नवलपरासी जिल्ला कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री भुपेन्द्र पाण्डेय।
३) लुम्बिनी साँस्कृतिक नगरपालिकाका लेखा अधिकृत श्री रामचन्द्र अर्याल।
४) लुम्बिनी साँस्कृतिक नगरपालिकाका समन्वय अधिकृत श्री तुलसी राम लामिछाने ।
नेपाली भ्रमण टिमलाई Caceres City का नवनिर्वाचित नगर प्रमुख Mr. Rafael Antonio Mateos ले स्वागत गर्नुभएको थियो ।

Date 4 July, 2023 - २०८०/०३/१८

 

लुम्विनी सांस्कृतिक नगरपालिकाको डिजिटल प्रोफाइल हेर्न फोटोमा क्लिक गर्नुहोस् |

https://youtu.be/hNyNbGjvW_8

लुम्बिनी साँस्कृतिक नगरपालिकाको एघारौं नगरसभा मार्फत करिब ८३ करोडको बजेट

प्रस्तुत भई नीति तथा कार्यक्रम पारित

Pages